थप ४ सय १८ जनामा कोरोना संक्रमण « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

थप ४ सय १८ जनामा कोरोना संक्रमण


प्रशासन संवाददाता

१९ श्रावण २०७७, सोमबार


काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४ सय १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ७ हजार ६ सय ३७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या २० हजार ७ सय ५० पुगेको छ । उनीहरुमध्ये ५७ जनाको मृत्यु भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस