प्रदेश १ का मुख्य न्यायाधीवक्ता आचार्यलाई कोरोना संक्रमण « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

प्रदेश १ का मुख्य न्यायाधीवक्ता आचार्यलाई कोरोना संक्रमण


१९ श्रावण २०७७, सोमबार


काठमाडौं । प्रदेश नम्बर १ का मुख्य न्यायाधीवक्ता चुडामणि आचार्यलाई कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगर–५ स्थायी ठेगाना भएका मुख्य न्यायायाधिवक्ता आचार्यसहित परिवारका २ जना सदस्यलाई पनि कोरोना संक्रमण पुष्टि भएको हो ।

उनलाई डेढ हप्ताअघि दुई दिनजति ज्वरो आएपछि आइतबार कोरोना परीक्षण गरिएको थियो । विराटनगर बस्दै आएका उनीसहित परिवारका सदस्यहरुलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाने तयारी भइरहेको छ ।

ज्वरो आएपछि उनले सिटामोल खाएका थिए । ज्वरो निको भएपनि कोरोना आशंकामा उनले घरमै आइसोलेसन बसिरहेका थिए ।

आचार्यले आफू र परिवारका सदस्यहरुको अवस्था सामान्य रहेको जानकारी दिए । यसअघि उनी नियमित कामहरुमा सहभागी थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस