मेलम्ची पहिरोमा पुरिएका आठै जनाको शव भेटियो « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

मेलम्ची पहिरोमा पुरिएका आठै जनाको शव भेटियो


१९ श्रावण २०७७, सोमबार


काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ मा पहिरोमा परी मृत्यु भएका ८ जनाको शव भेटिएको छ ।

कभर्ड हल बनाउन आएका ९ कामदार बसेको टहरा आइतबार राति पहिरोले पुरिँदा ८ जनाको मृत्यु भएको थियो भने एक जना घाइते भएका थिए । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेका अनुसार मृत्यु हुनेमा ७ जना नेपाली र १ जना भारतीय नागरिक रहेका छन् ।

पहिरोमा पुरिएर वीरगञ्जका प्रदीप चौरसिया, बिक्रम थिङ, राजेश चौधरी, मानबहादुर रुम्बा, सिमन घलान, शिवबालक धामी र सोनम लामाको मृत्यु भएको छ । त्यस्तै भारतीय नागरिक राजेन्द्र चौरसियाको पनि मृत्यु भएको छ ।

घाइते हुने बारु साह भारतीय नागरिक हुन् । उनलाई उपचारका लागि काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टरमा पठाइएको डीएसपी काफ्लेले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस