लेखा अधिकृतविरुद्ध मुद्दा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

लेखा अधिकृतविरुद्ध मुद्दा


प्रशासन संवाददाता

१८ श्रावण २०७७, आइतबार


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु ६५ हजार घुस लिएको अभियोगमा इटहरी नगरपालिका सुनसरीका लेखा अधिकृत विकास पोखरेल विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

उपमहारनगरपालिकाको शिक्षा शाखाले कक्षा ८ को परीक्षा सञ्चालनमा भएको खर्चको फरफारक गरी भुक्तानी दिने क्रममा पोखरेलले सेवाग्राहीसँग घुस माग गरेको आरोप लागेको छ ।

आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार आरोपी पोखरेल विरुद्ध बिगो अनुसारको कारवाहीको माग दाबी गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस