राजधानीमा सफा ट्याम्पो चालकलाई कोरोना « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

राजधानीमा सफा ट्याम्पो चालकलाई कोरोना


१८ श्रावण २०७७, आइतबार


काठमाडौं । राजधानीमा कोरोना संक्रमण भेटिएका सफा ट्याम्पो चालक चार दिनअघि घरबाट फर्किएर काठमाडौं उपत्यका भित्रिएको पाइएको छ।

ती पुरुष लकडाउन खुलेसँगै सुदूरपश्चिमबाट काठमाडौं फर्किएका थिए। नागढुंगामा स्वाब दिएर उनी भित्रिएका थिए। त्यसपछि लगातार तीन दिन ट्याम्पो चलाएका उनलाई शनिबार साँझ आइसोलेसनमा लगिएको थियो। स्रोतका अनुसार उनी शंखमुल-बानेश्वर-अनामनगर-रत्नपार्क रुटको ट्याम्पो चलाउँथे।

सरकारले असार २६ गतेदेखि उपत्यकाभित्र तीन जिल्ला र बाहिरको हकमा जिल्लाभित्र सार्वजनिक सवारी सञ्चालनमा ल्याएको थियो। साउन ७ गतेदेखि जोर-बिजोर प्रणाली खारेज गरिएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस