जनै पूर्णिमामा सार्वजनिक विदा « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

जनै पूर्णिमामा सार्वजनिक विदा


१८ श्रावण २०७७, आइतबार


कैलाली । सुदुरपश्चिम प्रदेश सरकारले रक्षा बन्धन अर्थात जनै पुर्णिमाको दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

साउन १९ गते सोमबार रक्षा बन्धन परेकाले सो दिन प्रदेश सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी लक्ष्मी प्रसाद जोशीले जानकारी दिए ।

प्रदेश सरकार मन्त्रिपरिषदको गत जेठ २३ गतेको निर्णयअनुसार महत्वपुर्ण पर्वहरुमा प्रदेशका सरकारी तथा सार्वजनिक कार्यालयहरुमा सार्वजनिक विदा दिने निर्णय भएको जोशीले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस