इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँ वृद्धि « प्रशासन
Logo ११ कार्तिक २०७८, बिहिबार
   

इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँ वृद्धि


१७ श्रावण २०७७, शनिबार


नेपाल आयल निगम

काठमाडौँ । नेपाल आयल निगमले इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँ बढाएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेको जनाउँदै निगमले यहाँ पनि पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर २र२ रुपैयाँ बढाउने निर्णय गरेको हो । निगमका प्रवक्ता बिनितमणि उपाध्यायका अनुसार नयाँ मूल्य शनिवार राति १२ बजेदेखि लागू हुने छ ।

‘भारतीय आयल कर्पोरेसन्स(आइओसी)ले अगस्ट १ मा पठाएको मूल्य सूचीअनुसार इन्धनको मूल्य बढेको छ । कच्चा तेलको मूल्य, डलरको बिनियम दर र आईओसीबाट प्राप्त मूल्य सूचीको आधारमा इन्धनको साबिकको खुद्रा बिक्री मूल्यमा २ रुपैयाँ बढाउने निर्णय भएको छ,’ उनले भने, ‘मूल्य समायोजन गरे पनि निगमलाई पेट्रोलमा १ रुपैयाँ २३ पैसा र डिजेलमा १ रुपैयाँ १५ पैसा नोक्सान नै छ ।’

मूल्य समायोजनपश्चात् पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १ सय ४, डिजेल ९० र मटितेल ९० रुपैयाँ पर्नेछ । हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् नै राखेको जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस