अख्तियारद्धारा दुई सबइन्जिनीयरविरुद्ध भ्रष्टाचारको मुद्दा दायर - प्रशासन प्रशासन
prasaLogo
१७ श्रावण २०७७, शनिबार

अख्तियारद्धारा दुई सबइन्जिनीयरविरुद्ध भ्रष्टाचारको मुद्दा दायर


प्रकाशित मिति : 1 August, 2020 1:11 pm

कर्णाली । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय दैलेखमा कार्यरत दुई सबइन्जिनीयरविरुद्ध भ्रष्टाचारको आरोपमा मुद्दा दायर गरेको छ ।

दैलेखको भगवतीमाई गाउँपालिका–३ सान्तडा खोला तटबन्ध निर्माण योजनाको उपभोक्ता समितिबाट घुस मागेको पुष्टि हुन आएकाले अख्तियारले सबइन्जिनीयरद्वय वीरेन्द्र चन्द र रञ्जितकुमार श्रेष्ठविरुद्ध विशेष अदालतमा शुक्रबार मुद्दा दायर गरेको हो ।

अनुसन्धानको सिलसिलामा उपभोक्ता समितिसँग रु ३० हजार घुस नदिए भुक्तानी रोकिदिने भनी चेक लुकाई भुक्तानी रोकेको पुष्टि हुन आएकाले सबइन्जिनीयरद्वय चन्द र श्रेष्ठविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ (१) को कसुरको उद्योग गरेकाले सोही रकम बराबरको बिगो कायमका साथै दफा २१ मा उल्लिखित भएबमोजिम दफा ३ को (१) बमोजिम सजाय माग दाबी गरी मुद्दा दर्ता गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयद्वारा जारी पे्रस नोटमा उल्लेख छ ।

घुस रकम माग गरी भुक्तानी रोकेको सूचनाका आधारमा अख्तियारको कार्यालय सुर्खेतबाट खटिएको टोलीले असार १६ गते सब–इन्जिनीयरद्वयलाई नियन्त्रणमा लिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस