एक स्वाभिमान राष्ट्र सेवक « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

एक स्वाभिमान राष्ट्र सेवक


१७ श्रावण २०७७, शनिबार


मेराे कहिल्यै बैराे,आराबि,र लियाजाे तिर ध्यान गएन

त्यही गाेश्वाराहुलाक तिर बस्दा बस्दै २ काेरी बिति गएछ
सरकार फेरिना साथ छेपाराले रङ फेर्न पनि आएन
आस्था,बिचार कहिल्यै पनि डगमगाएन

हाकिमलाई कासमु थपिदिन हारगुहार र दबाब दिन पनि जानिएन
नत टिओ भरेर बर्सेनि परिवार सहित ससुराली तिर नि गइएन
म सगैकाे हाेस प्रसाद आज समाजका अगाडि बधाईको पात्र बनेको छ
किनकि उ वैरो हुँदै विदेश तिर ५/६ पटक गई सकेको छ
काम भए नि नभए नि उत्कृष्ट कासमु पाएकै छ
पदोन्नति ,मान ,सम्मान पुरस्कार र विभूषणले भरिभराउ भएकै छ

हरेक हप्ता उसका घरमा
नेता,हाकिम,र टोलका गन्यमान्यको बाक्लै भीड लाग्ने गरेको छ,
उ समाजको गन्यमान्य ,भलादमी , बुद्धिजीवी कहलिएको छ
शायद अब रिटायर भए सँगै राजनीतिक नियुक्ति वा टिकट हात पार्ने पनि भई सकेको छ,
म चाहिँ स्वाभिमान राष्ट्र सेवक भएकैमा गर्व बोध गरिरहेको छु,

स्वाभिमान राष्ट्र सेवक भएकैमा गर्वबाेध गरिरहेको छु।

Tags :
प्रतिक्रिया दिनुहोस