दोषी को ? « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

दोषी को ?


१७ श्रावण २०७७, शनिबार


खुसी राख्न तिमिलाई चर्को आँसु पिएँ कति ।
गाँठो पार्दै दिल भित्र बाहिर मुस्कान दिए कति ।।२।।

मृग तृष्णा भयो “माया”-२ बाह्र वर्ष पुरा हुँदा ।
प्रतीक्षामा आँसु मात्रै बहाएर जिएँ कति ।।२।।

खुसी खोज्न दुख मित्र -२ चप्पा चप्पा भौतारिदा ।
बाहिर हुप्प फुलेँ तर भित्र भित्रै खिएँ कति ।।२।।

फुटे, दोषी म नै हुन्छ-२ भन्दै भित्र डराएर ।
विच्छेद हुन खोज्ने साइनो उदारेर सिएँ कति ।।२।।

तिखा चोट नरम मेरो-२ छाती माथि वज्रे पनि ।
फुल बनी पत्थरको पूजा गरी दिएँ कति ।।२।।

खुसी राख्न तिमिलाई-२ आँसु भित्रै दबाएर ।
सनिता भई सनिता कै दिल तोडी दिएँ कति ।।२।।

प्रतिक्रिया दिनुहोस