पृथ्वीराजमार्ग एकतर्फी सञ्चालन « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

पृथ्वीराजमार्ग एकतर्फी सञ्चालन


१७ श्रावण २०७७, शनिबार


दमौली । पहिरा खसेर अवरुद्ध भएको पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी सडकखण्ड एकतर्फी रुपमा सञ्चालनमा आएको छ ।

आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरामा पहिरा झरेपछि आज बिहान राजमार्ग अवरुद्ध भएको थियो ।

पहिरा खसेको ४५ मिनेटमा राजमार्ग एकतर्फी सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । राजमार्ग दुईतर्फी बनाउन पहिरा पन्छ्याउने काम भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस