सचिव उपस्थित बैठकमा सहभागी मेयरलाई कोरोना सङ्क्रमण भएसँगै विकास समिति बैठक स्थगित « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सचिव उपस्थित बैठकमा सहभागी मेयरलाई कोरोना सङ्क्रमण भएसँगै विकास समिति बैठक स्थगित


१६ श्रावण २०७७, शुक्रबार


काठमाडौँ । सहरी विकास मन्त्रालयका सचिव मधुसूदन अधिकारी उपस्थित बैठकका सहभागी एक जना मेयरलाई कोरोना सङ्क्रमण पुष्टि भएसँगै संसद्को विकास तथा प्रविधि समितिको बैठक स्थगित गरिएको छ ।

आइतबारको लागि बोलाइएको समितिको बैठक स्थगित गरिएको समितिकी सभापति कल्याणी खड्काले जानकारी दिइन् ।

सभापति खड्काले भनिन्, ‘आइतबार सहरी विकास मन्त्रालयलाई बोलाएर छलफल गर्ने कार्यक्रम तय भएकोमा सचिवज्यू सहभागी रहेको एउटा बैठकमा उपस्थित मेयरलाई कोरोना सङ्क्रमण देखिएसँगै बैठक स्थगित भएको छ ।’ सभापति खड्काले त्यो मिटिङमा बस्ने सबै जनाको स्वाब परीक्षण गर्ने कुरा भएकोले पनि स्थगन गर्नुपरेको बताइन् ।

प्रतिक्रिया दिनुहोस