वाग्मती प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण « प्रशासन
Logo ११ आश्विन २०७८, सोमबार
   

वाग्मती प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण


१६ श्रावण २०७७, शुक्रबार


मकवानपुर । वाग्मती प्रदेशका प्रमुख विष्णुप्रसाद प्रसाईले दुईवटा विधेयक प्रमाणीकरण गरेका छन् ।

प्रदेशसभाकोे बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएका दुई वटा विधेयकलाई नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम उनले प्रमाणीकरण गरेका हुन् ।

प्रमाणीकरण गरेको विधेयकमा केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको विधेयक–२०७७ र प्रदेशभित्र सुशासनको प्रत्याभूति गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०७७ रहेको प्रदेश प्रमुख सचिवालयका कानून अधिकृत राजेशकुमार तामाङले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस