मुख्यमन्त्री राउतद्वारा बकरिदको शुभकामना « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

मुख्यमन्त्री राउतद्वारा बकरिदको शुभकामना


१६ श्रावण २०७७, शुक्रबार


लोक सेवा

जनकपुर । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले शनिबार पर्ने इस्लाम धर्मावलम्बीको महान पर्व बकरिदको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालयद्वारा आज जारी गरिएको विज्ञप्तिमा इद-ऊल अजहा (बकरिद)को अवसरमा देश विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दे मुख्यमन्त्री राउतले प्रदेश नं २ का साथै मुलुकमा भाइचारा र सुख शान्तिमा अभिवृद्धि होस् भनी कामना गरेको उल्लेख गरिएको छ ।

कोरोना महामारीले विश्वलाई अक्रान्त बनाएको अवस्थामा हुन गइरहेको यो पर्वले विश्वलाई कोरोनाबाट मुक्ति दिलाओस् भनी उनले कामनासमेत गरेका छन् । वर्तमान महामारीको अवस्था र सरकारले ठाउँठाउँमा गरेको लकडाउनलाई पूर्ण पालना गर्नुपर्ने विषयमा जोड दिँदै मुख्यमन्त्री राउतले इस्लाम धर्मावलम्बीलाई भीडभाड नगरी आ-आफ्नै घरमा पर्व मनाउन र कोरोनाको अन्त्यका लागि प्रार्थना गर्नसमेत आग्रह गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस