थप २ सय ७४ जनामा कोरोना संक्रमण, २ सय ४८ जना डिस्चार्ज « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

थप २ सय ७४ जनामा कोरोना संक्रमण, २ सय ४८ जना डिस्चार्ज


१५ श्रावण २०७७, बिहिबार


काठमाडौं । नेपालमा बिहीबार थप २७४ जनामा कोरोना संक्रमण भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ६ हजार ३ सय ४ जनामा गरिएको परीक्षणमा २७४ जनामा संक्रमण भएको हो ।

बिहीबार डिस्चार्ज हुनेको संख्या २२७ रहेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए । हालसम्म डिस्चार्ज हुनेको संख्या १४ हजार २४८ रहेको छ ।

हाल सक्रिय संक्रमितको संख्या ५ हजार २२७ जना रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै क्वारेन्टिनमा १३ हजार २०१ जना रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस