जलेश्वर नगरपालिका अनिश्चितकालका लागि बन्द « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

जलेश्वर नगरपालिका अनिश्चितकालका लागि बन्द


१५ श्रावण २०७७, बिहिबार


जलेश्वर । महोत्तरीको जलेश्वर नगरपालिका आजदेखि अनिश्चितकालका लागि बन्द भएको छ ।

प्रमुख प्रशासकीय अधिकृत रामुराज कडरियाले आज एक सूचना प्रकाशित गर्दै कोरोना भाइरसको सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका लागि आजबाट अर्को सूचना नहुञ्जेलसम्मका लागि जलेश्वर नगरपालिका बन्द गरिएको जनाएका छन् ।

उनले अति आवश्यक कामबाहेक आजदेखि जलेश्वर नगरपालिकाको सम्पूर्ण कामकाज अनिश्चितका लागि बन्द रहने सूचनामा उल्लेख गरेका छन् । साथै विश्वभरि महामारीका रूपमा फैलिएको कोरोनाको उच्च जोखिममा रहेका जलेश्वर नगरवासीलाई सतर्कता अपनाइ नगरपालिकालाई सहयोग गर्न अपिलसमेत गरेका छन्

Tags :
प्रतिक्रिया दिनुहोस