निगमको यूएन शान्ति मिसनमा उडान, बैङ्लोरबाट नेपाली विद्यार्थीको उद्धार « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

निगमको यूएन शान्ति मिसनमा उडान, बैङ्लोरबाट नेपाली विद्यार्थीको उद्धार


१५ श्रावण २०७७, बिहिबार


काठमाडौँ । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले संयुक्त राष्ट्र सङ्घ (यूएन) शान्ति मिसनका लागि दोस्रो चरणको चार्टर्ड उडान गरेको छ ।

निगमले यूएन शान्ति मिसन र नेपाली सेनाको सहकार्यमा अफ्रिकी मुलुक दक्षिण सुडानस्थित जुबाका लागि २३८ नेपाली सेना लगेको थियो ।

निगमको वाइड बडी ए ३३० जहाजले ओमनको मस्कट हुँदै जुबा उडान गरेको हो । जुबाटबाट बन्दाबन्दीले रोकिएका नेपाली सेनाका २५० अधिकारी बुधबार राति काठमाडौँ फर्किएको निगमले जनाएको छ । निगमले यसअघि गत असार २४ गते शान्ति मिसनमा खटिने नेपाली सेनालाई लैजान अफ्रिकन रिपब्लिक र मालीमा चार्टर्ड उडान गरेको थियो ।

आज अन्तर्राष्ट्रियतर्फ छ उडान हुँदैछन् । दक्षिण कोरियाबाट कोरियन एयरले काठमाडौँमा चार्टर्ड उडान गर्नेछ भने हङकङबाट क्याथे ड्रागन र इनचानबाट एशियन एयरको जहाज काठमाडौँ आउनेछ । आजै हिमालय एयरलाइन्सको जहाज कुनमिङमा एक र कुवेतमा दुई उडान हुने विमानस्थल कार्यालयले जनाएको छ ।

बैङ्लोरबाट नेपाली विद्यार्थीको उद्धार

नेपाल एयरलाइन्सले भारतको बैङ्लोरबाट नेपाली विद्यार्थीको उद्धार उडान गरी काठमाडौँ ल्याएको छ । उक्त उडान भारतबाट गरिएको पहिलो उद्धार उडान रहेको निगमले विज्ञप्तिमार्फत जनाएको छ । बैङ्लोर र वरिपरिका क्षेत्रमा रहेका ८० नेपाली विद्यार्थीलाई उद्धार गरी स्वदेश फिर्ता गरिएको निगमले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस