दाङमा पहिरोले पुरिँएर दुईको मृत्यु « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

दाङमा पहिरोले पुरिँएर दुईको मृत्यु


१४ श्रावण २०७७, बुधबार


दाङ । दाङमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ ।

अविरल वर्षाका कारण घरमाथिबाट आएको पहिरोले पुरिँदा बङ्गलाचुली गाउँपालिका–५ साकिने निवासी २६ वर्षीया बाटुली नेपाली र उनका दुई वर्षीया छोरी आयुश्मा नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

गए राति ३ बजेतिर घरमाथिको कान्ला भत्केर आधा घर पुरिँदा उनीहरुको मृत्यु भएको हो । घरमा परिवारका अन्य सदस्य रहेको भए पनि आधा मात्रै घर पुरिएकाले अन्य सदस्य भने सकुशल रहेको प्रहरीले बताएको छ । यस विषयमा थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस