राष्ट्रिय परिचयपत्र विभागमा १७६ जनाका लागि जागिरको अवसर, प्लस टुले दिन पाउने « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

राष्ट्रिय परिचयपत्र विभागमा १७६ जनाका लागि जागिरको अवसर, प्लस टुले दिन पाउने


१४ श्रावण २०७७, बुधबार


काठमाडौँ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले विभिन्न तीन जिल्लाका लागि एक सय ७६ जना कर्मचारी माग गरेको छ ।

विभागले सप्तरी, सर्लाही र कास्की जिल्लाका लागि क्रमशः ५३, ६३ र ६० जना गरी एक सय ७६ जना विवरण दर्ता अपरेटरका लागि दरखास्त आव्हान गरेको हो ।

सबै नेपाली नागरिकहरूलाई राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने कार्यक्रम अन्तर्गत घुम्ती सेवा सञ्चालनमार्फत नागरिकता विवरणहरू संकलन गर्ने कार्यका लागि ती जिल्लामा खुल्ला प्रतिस्पर्धाद्वारा करारका कर्मचारी भर्ना गर्न लागेको हो ।

विभागद्वारा प्रकाशित सूचनाअनुसार सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र सम्बन्धित जिल्लाको जिल्ला प्रशासन कार्यालयमा दरखास्त दिन सकिने छ । दरखास्त दिने अन्तिम मितिसम्म १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको नेपाली नागरिक हुनुपर्नेछ भने न्यूनतम योग्यता प्रवीणता पत्र तह वा दश जोड दुई उत्तीर्ण गरेको तथा कम्तीमा तीन महिनाको कम्प्युटर अपरेटर सम्बन्धी तालिम प्राप्त गरेको वा प्रवीणता प्रमाणपत्र तह वा सो सरह वा सो भन्दा माथिल्लो तहमा १०० पूर्णाङ्कको कम्प्युटर विषय राखी उत्तीर्ण गरेको भए छुट्टै प्रमाणपत्र आवश्यक पर्नेछ्रैन ।

तलब दैनिक एक हजार दुईसय हुनेछ । आवेदन दिन कुनै शुल्क लाग्नेछैन ।

Tags :
प्रतिक्रिया दिनुहोस