बझाङमा मृत्यु भएको ३ दिनपछि कोरोना पुष्टि, मलामीमा कोरोनाको आशंका « प्रशासन
Logo १ कार्तिक २०७८, सोमबार
   

बझाङमा मृत्यु भएको ३ दिनपछि कोरोना पुष्टि, मलामीमा कोरोनाको आशंका


प्रशासन संवाददाता

१३ श्रावण २०७७, मंगलबार


बझाङ । बझाङमा गत शुक्रबार मृत्यु भएका एक वृद्धमा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको बुङ्गल नगरपालिका–३, का ६५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय बझाङकाअनुसार साउन ९ गते मृत्यु भएका ती पुरुषको साउन १२ गते मात्र कोरोना संक्रमण पुष्टि भएको हो ।

असार २४ गते भारतको बेंग्लोरबाट नेपाल फर्किएका उनी १४ दिन क्वारेन्टिमा बसेर साउन ६ गते घर फर्किएका थिए ।

घर गएको तीन दिनपछि नै उनको मृत्यु भएपछि कोरोना संक्रमणको शंका लागेर स्वाब परीक्षण गरिएको थियो । उनको दाहसंस्कारसमेत भइसकेको छ ।

दाहसंस्कारमा सहभागी भएका सबैमा कोरोना संक्रमण आंशका गरिएको छ । उनीहरुको स्वाब परीक्षणको तयारी भईरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस