४ लाख घुससहित गौतमबुद्ध विमानस्थलका कर्मचारी पक्राउ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

४ लाख घुससहित गौतमबुद्ध विमानस्थलका कर्मचारी पक्राउ


प्रशासन संवाददाता

१३ श्रावण २०७७, मंगलबार


घुस

बुटवल । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका कार्यालय सहयोगीसहित दुई जना ४ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयबाट खटिएको टोलीले विमानस्थलका कार्यालय सहयोगी विश्वनाथ प्रसाद लोध र मतियार महेन्द्र प्रसाद यादवलाई भैरहवास्थित सेन्चुरी बैंकबाट रंगेहात पक्राउ गरेको हो ।

निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको मुआब्जा वितरणमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिँदै गर्दा उनीहरुलाई घुस रकमसहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।

सेवाग्राहीसँग घुस लेनदेन गर्न यादवद्वय सेन्चुरी बैंक पुगेर बैंकिङ कारोबार गर्दैगर्दा विशेष सूचनाका आधारमा अख्तियार टोलीले उनीहरुलाई पक्राउ गरेको प्रवक्ता अधिकारीले बताए । पक्राउ परेका यादवद्वयमाथि थप अनुसन्धान हुने अधिकारीले जनाए ।

Tags :
प्रतिक्रिया दिनुहोस