नागरिक लगानी कोष र संघ, प्रदेश, स्थानीय तह अन्तरसम्बन्ध विधेयक प्रमाणीकरण « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नागरिक लगानी कोष र संघ, प्रदेश, स्थानीय तह अन्तरसम्बन्ध विधेयक प्रमाणीकरण


१३ श्रावण २०७७, मंगलबार


काठमाडौं ।  राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिक लगानी कोष ऐन, २०४७ लाई संशोधन गर्न बनेको विधेयक र संघ, प्रदेश र स्थानीय तहबीचको समन्वय तथा अन्तरसम्बन्ध सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक आज प्रमाणीकरण गरेका छन् ।

संघीय संसद्का दुवै सदनका बैठकबाट पारित भएका ती विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दहालद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस