ओली इतर समूहको स्थायी कमिटी बैठक बालुवाटारमा सुरु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

ओली इतर समूहको स्थायी कमिटी बैठक बालुवाटारमा सुरु


१३ श्रावण २०७७, मंगलबार


काठमाडौँ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज डाकिएको बैठक स्थगित गरेसँगै बालुवाटार पुगेका उनी इतर समूहले स्थायी कमिटी बैठक सुरु गरेको छ।

सोमबार मात्रै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को खुमलटार निवासमा भेला भएका समूहका नेताहरूले बैठक जसरी पनि चलाउनु पर्ने निष्कर्ष निकालेका थिए।

ओलीले बैठक स्थगित गरे पनि बालुवाटार पुगेका अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताहरू झलनाथ खनाल, माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत स्थायी कमिटी सदस्य आएपछि अध्यक्ष प्रचण्डले बैठक चलाएका हुन्।

नेकपा स्थायी कमिटीका ४४ सदस्यमध्ये २५ जना बैठकमा सहभागी रहेको एक नेताले जानकारी गराए ।

प्रधानमन्त्री ओलीले पनि आफ्नानिकट स्थायी समितिसँग बालुवाटारमा छलफल गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस