बामदेवको प्रस्ताव : ओलीलाई दुवै पदबाट नहटाऔँ « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

बामदेवको प्रस्ताव : ओलीलाई दुवै पदबाट नहटाऔँ


१३ श्रावण २०७७, मंगलबार


काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का उपाध्यक्ष वामदेव गौतमले पार्टी नेताहरूसामु नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई एकता महाधिवेशनसम्म अध्यक्ष र प्रतिनिधिसभाको यस कार्यकालको अवधिभर प्रधानमन्त्रीको जिम्मेवारीमा राख्ने प्रस्ताव अघि सारेका छन् ।

गौतमले मंगलबार केपी शर्मा ओली नै पाँच वर्ष प्रधानमन्त्री र आउने महाधिवेशनसम्म केपी शर्मा ओली अध्यक्ष र सहमतिमा महाधिवेशन गर्ने सुझाव दिएका हुन् ।

प्रचण्डलाई एकता महाधिवेशनसम्म सम्पूर्ण कार्यकारी अधिकारसहित अध्यक्षको जिम्मेवारी दिने र पार्टीको एकता महाधिवेशन सहमतिमा गर्ने गौतमको प्रस्तावमा उल्लेख छ । गौतमले पार्टीको विग्रह रोक्नका लागि भन्दै अघि सारेको प्रस्ताव प्रधानमन्त्री ओलीले लिँदै आएको अडान हो ।

नेकपाका एक नेताका अनुसार गौतमले ६ बुँदे प्रस्ताव औपचारिक बैठकमा नराखे पनि नेताहरूलाई दिएका छन् ।

प्रतिक्रिया दिनुहोस