हेटौँडामा ट्रयाक्टर दुर्घटनामा दुईको मृत्यु « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

हेटौँडामा ट्रयाक्टर दुर्घटनामा दुईको मृत्यु


प्रशासन संवाददाता

१२ श्रावण २०७७, सोमबार


वाग्मती । हेटौंँडामा ट्रयाक्टर दुर्घटना हुँदा आज अपराह्न दुई जनाको मृत्यु भएको छ ।

हेटौंडा बजारबाट निर्माण सामग्री लिएर पूर्वी मकवानपुरको वाग्मतीतर्फ जाँदै गरेको ट्रयाक्टर धरान –चतारा सडकखण्डअन्तर्गत हेटौंँडाको हटियामा दुर्घटना हुँदा वाग्मती गाउँपालिका– ६ का अन्दाजी ५० वर्षीय लोप्चन र वाग्मती – ८ का अन्दाजी १७ वर्षीय किशोरसुजल नेगीको ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा वाग्मती– ६ का १६ वर्षीय मनोज जिम्बा घाइते भएका छन् । हेटौंँडाबाट निर्माण सामग्री बोकेर वाग्मती गाउँपालिकाको फापरबारी भन्ने ठाउँमा जाँदै गरेको ना ५ त ८०८८ नम्बरको ट्रयाक्टर दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भीर घाइते दुई जनाको उपचारका क्रममा हेटौंँडा अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिए। प्रहरी नायब उपरीक्षक रानाका अनुसार घाइते एक जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । ट्रयाटर चालक भने फरार रहेको जनाइएको छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस