संक्रमित मध्यको ७० प्रतिशत भन्दा बढीले कोभिड-१९ लाई जितेर घर फर्किन सफल « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

संक्रमित मध्यको ७० प्रतिशत भन्दा बढीले कोभिड-१९ लाई जितेर घर फर्किन सफल


१० श्रावण २०७७, शनिबार


काठमाडौं । नेपालमा कोरोना संक्रमित १८ हजार ४८३ मध्ये १३ हजार ५३ जना कोरोना भाइरस (कोभिड- १९) लाई जितेर घर फर्किन सफल भएका छन् ।

जम्मा संक्रमितको ७०.६ प्रतिशत निको भएर घर फर्किएका छन् । यस्तै हालसम्म संक्रमणबाट ४४ जनाको मृत्यु भएको छ भने बाँकीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कुल १८ हजार ४८३ मध्ये १३ हजार ५३ जना कोरोना संक्रमित निको भएर घर फर्किएको जानकारी दिएका हुन्।

प्रतिक्रिया दिनुहोस