२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वैदेशिक रोजगारको पीडाः अपाङ्ग भएर फर्किए नरबहादुर

अ+ अ-

बनियानी । सुन्दर भविष्यको सपना बोकेर चार वर्षअघि वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका झापा शिवसताक्षी-७ का ४३ वर्षीय नरबहादुर राई अपाङ्ग शरीर लिएर स्वदेश फर्केका छन् ।

सरकारले कोरोना भाइरस (कोभिड–१९)का कारण विदेशमा अलपत्र परेका नेपालीलाई उद्धार गर्ने क्रममा राई केही दिनअघि मात्र स्वदेश फर्किएका हुन् ।

मलेसियाबाट काठमाडौँ हुँदै झापा आइपुगेका राई अहिले घरमै छन् । राईको शरीरको दाहिने पातो चल्दैन भने बोलीसमेत आउँदैन । नरबहादुर मलेसियामा कम्पनीमै काम गर्ने क्रममा चार महिना अघि दुर्घटनामा परेको परिवारले जनाएको छ ।

काठ र जस्ताले छाएको सानो दुई तले टाँडे घरको भुइँतलमा नरबहादुरलाई राखिएको छ । विदेशबाट फर्किएकालाई क्वारेन्टाइमा राखेर कोरोना भाइरस परीक्षणपछि मात्र घर पठाइने गरिएपनि राई अशक्त भएकाले घरमै लगिएको हो । उठबस गर्न नसक्ने अवस्थामा रहेका उनलाई कान्छा छोरा किरणले उठबस्, खानपान र स्याहारसुसार गरिरहेका छन् ।

नरबहादुरको घरमा पुग्दा किरणले बुबाको स्याहारसुसार गरिरहेका थिए । त्यहाँ स्वास्थ्य सावधानी अपनाइएको नदेखिएपछि मास्कलगायतका स्वास्थ्य सावधानी अपनाउनभन्दा पीडा मिश्रित स्वरमा छोरा किरणले भने, ‘मैले सबै कुरा गर्नुपर्छ, बुबा आफैँ उठबस गर्न सक्नुहुन्न, नछोइ हुँदैन, मास्क लगाएर मात्र के गर्नु, बुबालाई कोरोना लागेको छ भने मलाई पक्कै लाग्छ ।’

गत मंगलबार कुनै जानकारी बिना अशक्त अवस्थामा एक्कासी बुबालाई घरमा ल्याइँदा छाँगाबाट खसेझै भएको किरणले बताए । ‘काम गर्ने क्रममा चार महिना अघि बुबा दुर्घटनामा परेको खबर आएको थियो’, उनले भने, ‘एक महिना अघि मात्र सम्पर्क गर्दा बोल्दै थिए, अहिले यस्तो अवस्थामा देख्दा धेरै पीडा भएको छ ।’

दुर्घटनामा परेपछि बुबाले घर आउने कुरा गर्ने गरेको किरणले बताए । ‘एक पटक सम्पर्क हुँदा मोबाइल पनि चोरी भएको बुबाले बताएका थिए’, उनले भने, ‘त्यसयता बेला बखत बुबाको साथीको मोबाइलमा सम्पर्क गर्दा कुरा हुने गरेको थियो ।’ एक महिना अघि मात्र बुबाले घर आउने कुरा गरे पनि कोरोनाका कारण आउन नसकेको जनाएको उनले बताए ।

बोल्न नसके पनि लेखेर दिँदा र इसारामा कुरा गर्दा नरबहादुरले काम गर्ने क्रममा दुर्घटना भएको संकेत गरे । नरबहादुरको दाहिने हातको चोर औँला र माझी औँला छैन । दाहिने हात देखाउँदै उनले इसारामै आफ्नो पीडा पोखे ।

मलेसियाबाट त्रिभूवन अन्तरराष्ट्रिय विमानस्थलमा उत्रिएपछि उनलाई त्यहाँबाट सिधै झापाको मेची बहुमुखी क्याम्पसको होल्डिङ एरियामा ल्याइएको थियो । बोली नआएका कारण होल्डिङ एरियामा खटिएका सुरक्षाकर्मीलाई उनको घर पत्ता लगाउन निक्कै सकस परेको थियो । नेपाली सेनाको नयाँ श्रीनाथ गणको व्यवस्थापनमा रहेको होल्डिङ एरियाबाट ठूलो प्रयासपछि उनको घर शिवसताक्षी-७ रहेको पत्ता लागेको हो ।

नरबहादुरका दुई छोरा, बुबा र श्रीमती छन् । श्रीमती इन्द्रकुमारी रोजगारीकै सिलसिलामा दुबईमा छिन् । नरबहादुर हाल अशक्त अवस्थामा भए पनि उपचार पाए निको हुने देखिन्छ । सरोकारवाला निकायले उनको उपचारमा ध्यान दिन जरुरी छ । जसले नरबहादुरको पीडामा मलहमपट्टि हुन सक्छ ।

जिल्लाका अधिकांश व्यक्ति विदेश जानुपूर्व सूचना तथा जानकारी नलिई जाने गरेको पाइएको छ । पछिल्लो समय जिल्लामा वैदेशिक रोजगारीलाई सुरक्षित र भरपर्दो बनाउन केही कार्यक्रम सञ्चालन भएपनि त्यो प्रभावकारी हुन सकेको छैन् । विदेश जानेलाई जानुपूर्व पुर्‍याउनुपर्ने प्रक्रिया र विदेशमा गइसकेपछि अपनाउनुपर्ने सावधानीका बारेमा व्यापक रुपमा सन्देशमूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने अहिलेको आवश्यकता रहेको छ ।