राजधानी काठमाडौँमा २२ वर्षीया युवतीमाथि एसिड प्रहार « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

राजधानी काठमाडौँमा २२ वर्षीया युवतीमाथि एसिड प्रहार


८ श्रावण २०७७, बिहिबार


काठमाडौँ । काठमाडौँको सीतापाइलामा युवतीमाथि एसिड प्रहार भएको छ। बिहीबार साँझ किनमेल गर्न निस्किएकी २२ वर्षीया युवतीमाथि एसिड प्रहार भएको हो।

काठमाडौँ प्रहरीका अनुसार एसिड प्रहार भएकी पवित्रा कार्की ओखलढुङ्गाकी हुन्। उनको शरीरको केही भागमा एसिड परेको छ। युवतीलाई एसिड प्रहार गर्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ।

अहिले युवतीलाई उपचारका लागि कीर्तिपुरस्थित छाला अस्पतालमा लगिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस