कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु, « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु,


८ श्रावण २०७७, बिहिबार


काठमाडौं । कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । नारायणी अस्पताल अन्तर्गतको गण्डक अस्थायी कोभिड अस्पतालमा भर्ना भएका वीरगञ्ज माइस्थानका ७० वर्षीय पुरुष नारायण वर्णवालको मृत्यु भएको हो ।

स्वासप्रस्वासमा समस्या आएपछि वर्णवाललाई सोमबार एडभान्स अस्पतालमा भर्ना गरिएको थियो । कोरोना संक्रमणको शंकामा सोमबारनै उनलाई गण्डक अस्थायी कोभिड अस्पतालमा भर्ना गरिएको हो । उनको मंगलबार अपरान्ह मृत्यु भएको गण्डक कोभिड अस्पतालले जानकारी दिएको छ ।

उनको मृत्यु पछि स्वाब संकलन गरिएको थियो । उनको नारायणी अस्पतालमा कोरोना परीक्षण पोजेटिभ आएको हो । मृतकमा कोरोना संक्रमण हुनु अघि अन्य कुनै पनि स्वास्थ्य समस्या नरहेको बताइएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४३ पुगेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस