स्याङ्जामा जिपबाट खसेर एक जनाको मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

स्याङ्जामा जिपबाट खसेर एक जनाको मृत्यु


प्रशासन संवाददाता

७ श्रावण २०७७, बुधबार


वालिङ । जीपबाट खसेर गम्भीर घाइते भएका बालकको उपचारका क्रममा आज मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीका अनुसार आज बिहान स्याङ्जाको भीरकोट–४ छाङ्छाङ्दीस्थित सिद्धार्थ राजमार्गमा त्रियाशीबाट बयरघारीतर्फ जाँदै गरेको ग१ज ७४४५ नम्बरको जीपबाट खसेर पाल्पाको रम्भा गाउँपालिका–४ बस्ने १६ वर्षीय मनबहादुर सारूको उपचारका क्रममा मृत्यु भएको हो ।

आज बिहान करिब ९ बजेको समयमा जीपको पछाडिको ढालाबाट खसेर गम्भीर घाइते भएका सारूको गह्रौँ प्राथमिक अस्पतालमा उपचार हुन नसकेपछि पोखरास्थित गण्डकी मेडिकल कलेजमा लगिएकोमा डाक्टरले मृत घोषणा गरेको प्रवक्ता अधिकारीले बताए । जीप चालक र जीपलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस