बाजुरामा पक्की पुल बाढीले बगायो « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बाजुरामा पक्की पुल बाढीले बगायो


५ श्रावण २०७७, सोमबार


बाजुरा । बाजुरामा गएरातीको बाढीले पक्की पुल बगाएको छ ।

बुढीगंगा नगरपालिका –२ स्थित घट्टे खोलामा गए राति आएको बाढीले साँफे मार्तडी राजमार्ग अन्तर्गत पर्ने २५ मिटर लामो पक्की पुल बगाएको हो । पुल बगाएपछि स्थानीयलाई आवतजावत गर्न पनि बन्द भएको छ ।

बुढीगंगा नगरपालिका–२ का वडा अध्यक्ष हिरा थापाका अनुसार बाढीले पुल बगाएपछि स्थानीयलाई वारीपारी जान र पानी खान पनि समस्या भएको छ ।

बाढीले पुल बगाउनुका साथै झन्डै एक सय रोपनीमा लगाएको धान खेती पनि नस्ट भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस