काठमाडौँ । गृह मन्त्रालयले तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी(सिडिओ) फेरेको छ ।
मन्त्रालयका अनुसार सुनसरी, उदयपुर र बागलुङ जिल्लाको सिडिओमा नयाँ सिडिओ पठाएको हो । जसअनुसार सहसचिवत्रय फणीन्द्र पोखरेललाई सुनसरी, चक्रपाणि पाण्डेलाई उदयपुर र सुरेश न्यौपानेलाई बागलुङ जिल्लाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।
सुनसरी र उदयपुरका सिडिओ क्रमशः राजेश पौडेल र दीपक पहाडी गृहबाटै बाहिरिएका छन् भने बागलुङका सिडिओ गौलोचन सैंजु गृह मन्त्रालयमा तानिएका छन् ।