२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यी हुन कोरोनामुक्त आठ जिल्ला

अ+ अ-

काठमाडौं । कोभिड– १९ को सङ्क्रमण आज १ सय ५६ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न २७ प्रयोगशालामा ३ हजार ७ सय ४१ जनामा परीक्षण गर्दा १ सय ५६ जनामा सङ्क्रमण देखिएको बताए।

आज देखिएका सङ्क्रमितसँगै सङ्क्रमितको सङ्ख्या १७ हजार ६ सय ५८ जना रहेका छन् । नयाँ देखिएका सङ्क्रमित सप्तरीका ३२, सर्लाही २५, कैलाली २४, नवलपरासी र बर्दिया १०/१० जना, पर्सा सात, कास्की, म्याग्दी र लमजुङ ६/६ जना, बाँके र दाङमा पाँच/पाँच जना रहेका छन् । यस्तै ललितपुर, रौतहट, स्याङ्जा, रुपन्हेदी, डडेल्धुरामा दुई/दुई जना र सुनसरी, सिरहा, बारा, काठमाडौँ, मोरङ, मकवानपुर, बागलुङ, पर्वत, प्यूठान, सल्यानमा एक/एक जना सङ्क्रमित रहेका छन् ।

उनका अनुसार आज कोभिड– १९ जितेर घर फर्कनेको सङ्ख्या ५८ जना रहेको छ । योसँगै ११ हजार ६९५ जना सङ्क्रमण जितेर घर फर्किएका छन् । यो ६६.२४ प्रतिशत रहेको छ । मन्त्रालयका प्रवक्ता डा.गौतमका अनुसार आठ जिल्ला कोरोनामुक्त भएका छन् । भोजपुर, पाँचथर, धनकुटा, रसुवा, मनाङ, मुस्ताङ, हुम्ला र जुम्ला रहेका छन् ।

यसैगरी नेपाल दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का भारत, बङ्गलादेश, अफगानिस्तान, पाकिस्तान, श्रीलङ्कादेशभन्दा पिसिआर परीक्षण धेरै गरेको छ । नेपालले प्रति १० लाखमा १० हजार ८२७ जनाको पिसिआर परीक्षण गरेको छ । अहिलेसम्म नेपालमा प्रति १० लाखमा १.४ प्रतिशत मात्र मृत्युदर रहेको छ । नेपालमा हालसम्म ४० जनाको कोभिड– १९ बाट मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस