सांसद बन्दै सुवर्ण ज्वारचन, आजै सपथ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सांसद बन्दै सुवर्ण ज्वारचन, आजै सपथ


४ श्रावण २०७७, आइतबार


काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुवर्ण ज्वारचन आज सांसद बन्ने भएकी छन् । कांग्रेसले नेतृ ज्वारचनलाई प्रतिनिधिसभा समानुपातिक तर्फ सांसद बनाएको हो ।

सांसद ज्ञानकुमारी छन्त्यालको निधन पछि रिक्त स्थानमा सुवर्ण ज्वारचनलार्य सांसद बनाइएको हो । गुल्मीकी ज्वारचनलाई आइतबार दिउँसो दुई बजे सभामुख अग्नि सापकोटाले सांसद पदको सपथ ग्रहण गराउने कार्यक्रम छ ।

सांसद छन्त्यालको गत असार १७ गते निधन भएको थियो ।
सामानुपातिक तर्फको कुनै सांसदको निधन भएमा सोही सामावेशी समूहअन्तर्गत पार्टीले निर्वाचन अयोगमा बुझाएको बन्दसूचीको पहिलो नम्बरमा रहेको व्यक्ति स्वतः सांसद बन्न पाउने व्यवस्था छ ।

ज्वारचन लामो समयदेखि कांग्रेसमा क्रियाशील हुन्। उनले वि.सं. २०३६ सालको जनमत संग्रह, सत्याग्रह र जनआन्दोलनमा सक्रियतापूर्वक भाग लिएकी थिइन्।

ज्वारचन पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारका पालामा २०७३ मंसिर १५ गते सहरी विकास राज्यमन्त्री पनि भएकी थिइन्।

Tags :
प्रतिक्रिया दिनुहोस