घुस लिएको आरोपमा लेखा अधिकृत पक्राउ « प्रशासन
prasaLogo
१ श्रावण २०७७, बिहीबार

घुस लिएको आरोपमा लेखा अधिकृत पक्राउ


प्रकाशित मिति : 16 July, 2020 9:09 pm

अख्तियार

सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिकाका लेखा अधिकृत विकास पोखरेल घुस रकमसहित आज पक्राउ परेका छन् । लेखा अधिकृत पोखरेललाई रु ६५ हजार घुस लिएको अभियोगमा थलोमै पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीले जनाएको छ ।

इटहरी –६ घर भएका लेखा अधिकृत पोखरेलले लामो समयदेखि सेवाग्राहीसँग कमिसन लिने गरेको सूचनाका आधारमा आयोगले पोखरेलमाथि निगरानी गर्दै आएको थियो ।

उनलाई इटहरी –६ स्थित बिपी चोकस्थित समिप होेटलमा सेवाग्राहीसँग रकम लिँदै गरेको आरोपमा पक्राउ गरिएको आयोग इटहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस