रुपन्देहीमा सार्वजनिक यातायात सञ्चालन सुरु « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

रुपन्देहीमा सार्वजनिक यातायात सञ्चालन सुरु


२८ असार २०७७, आइतबार


रुपन्देही । रुपन्देहीमा आइतबारदेखि सार्वजनिक यातायातका बस सञ्चालनमा आएका छन् ।

लकडाउन सुरु भएयता बन्द भएका सार्वजनिक यातायात आज आइतबार देखि रुपन्देहीमा लुम्बिनी मेट्रो सिटी प्रालिले पहिलो पटक बस सञ्चालनमा ल्याएको हो ।

आइतबार बिहान बुटवलको गोल पार्कबाट भैरहवासम्म ४६ सिटे वातानुकूलित बसहरू चल्न थालेको बताइएको छ ।

सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड पुरा गरी दैनिक ८ बस आधा घण्टाको फरकमा चलाउन थालेको प्रालिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस