२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतमा रहेका नेपाली कामदारलाई वैदेशिक रोजगारीको परिभाषामा नसमेट्नुको कारण देखाऊ आदेश जारी

अ+ अ-

काठमाडौँ । सर्वोच्च अदालतले भारतमा काम गर्ने नेपाली कामदारहरूलाई वैदेशिक रोजगारीको परिभाषाभित्र नसमेट्नुको कारण पेस गर्न सरकारका नाममा आदेश जारी गरेको छ । सार्वजनिक महत्त्वको रिटमा सर्वोच्च अदालतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई कारण देखाऊ आदेश जारी गरेको हो ।

अधिवक्ताद्वय दीपकराज जोशी र निर्मल कुमार उप्रेतीले भारतीय कामदारलाई पनि वैदेशिक रोजगारीको परिभाषामा समेट्नुपर्ने माग दाबी गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए । राष्ट्र निर्माण मञ्च नेपाल नामक संस्थाको तर्फबाट दर्ता रिटमा भारतमा काम गर्ने नेपाली कामदारहरूलाई वैदेशिक रोजगारीको परिभाषाभित्र नसमेटिएको, उनीहरूको सङ्ख्या र अवस्थाबारे सरकार जानकार नभएको र कामदारको सुरक्षामा सरकार जिम्मेवार नबनेको उल्लेख थियो ।

वैदेशिक रोजगार ऐन, २०६४ ले विदेशमा पाउने रोजगारीलाई वैदेशिक रोजगारी भनेर व्याख्या गरे पनि भारतमा काम गर्ने नेपालीहरूलाई ऐनले समेटेको छैन । ऐनको प्रयोग भारतबाहेकका देशको हकमा मात्र प्रयोगमा आएको र भारतमा रहेका लाखौँ कामदारलाई सरकारले संविधान विपरीत हुने गरी भेदभावपूर्ण व्यवहार गरेको दाबी निवेदनमा छ । निवेदनमा भारतबाट कति नेपाली कामदार नेपाल आए र कति विदेश जान्छन् भन्ने यकिन तथ्याङ्क पनि सरकारले नराखेको उल्लेख छ ।

बिना श्रम स्वीकृति भारतमा जाने चलनलाई व्यवस्थित नगरिँदा रोजगारको क्रममा कुनै पनि प्रकारको दुर्घटना परेमा, वैदेशिक रोजगार कल्याणकारी कोषमार्फत प्राप्त हुने मृत्यु, दुर्घटना, अङ्गभङ्गलगायत पाइने आर्थिक सहायताबाट समेत यस्ता कामदार वञ्चित रहँदै आएका छन् । रोजगारीका निम्ति अन्य मुलुकमा गएर फर्केका कामदारलाई राज्यले विभिन्न सहुलियत दिए पनि भारतबाट आउने नेपाली कामदारलाई पनि विभेद गरिएको देखिन्छ ।

निवेदनअनुसार, सन् २०१३ मा भारतको उत्तर खण्डमा भएको बाढी पहिरोमा नेपालीहरू समस्यामा परेका बेला पनि सरकारले चासो नदिएको र अहिले कोभिड १९ सङ्क्रमणबाट बच्न नेपाल आएकाहरूलाई पनि समयमै स्वदेश छिर्न नदिएको र तिनको व्यवस्थापनमा सरकार चुकेको उल्लेख छ ।

अधिवक्ताद्वयले भारतबाट फर्केका नेपाली नागरिकलाई सरकारले रोजगारमा सहुलियत ऋणको सुविधा प्रदान हुनु गर्नुपर्ने रायसमेत उल्लेख गरेका छन् ।