थप ११८ जनामा कोरोना सङ्क्रमण « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

थप ११८ जनामा कोरोना सङ्क्रमण


२६ असार २०७७, शुक्रबार


काठमाडौँ । शुक्रवार नेपालमा कोरोनाभाइरसका १ सय १८ जना नयाँ सङ्क्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशभरका २५ वटा प्रयोगशालामा विगत २४ घण्टामा ४ हजार ८ सय १० जनाको पिसिआर परीक्षण गर्दा १ सय १८ जनामा सङ्क्रमण पुष्टि भएको जानकारी दिए।

बिहीबारसम्म कोरोनाका १६ हजार ५ सय ३१ सङ्क्रमित थिए। यो सङ्ख्या बढेर शुक्रवार १६ हजार ६ सय ४९ पुगेको हो।

देशभरका क्वारेन्टिनमा २३ हजार ९ सय १० जना मानिसहरू छन्।

पछिल्लो २४ घण्टामा १२० डिस्चार्ज भएका छन्। अहिलेसम्म ८ हजार ११ सङ्क्रमित निको भएका छन् । अहिलेसम्म सङ्क्रमितमध्ये ४८.१० प्रतिशत निको भइसकेका छन् भने ३५ जनाले ज्यान गुमाएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस