नेकपा स्थायी कमिटीको बैठक ७ दिन स्थगित « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नेकपा स्थायी कमिटीको बैठक ७ दिन स्थगित


२६ असार २०७७, शुक्रबार


काठमाडौँ । नेकपा स्थायी कमिटीको बैठक थप सात दिनसम्मका लागि स्थगित भएको छ । बाढी पहिरोको विपतको बेला पार्टी पंक्तिलाई राहत तथा उद्धारमा जुट्न निर्देशन दिँदै नेकपाले स्थायी कमिटी बैठक थप सात दिनसम्मका लागि स्थगित गरेको हो ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले ट्वीटरमार्फत् स्थायी कमिटीको बैठक स्थगित भएको जानकारी दिएका छन् । उनले ट्वीटरमा लेखेका छन्, ‘देशभर भैरहेको अतिवृष्टि र सिन्धुपलाञ्चोकलगायत केही जिल्लाहरुमा जनधनको ठूलो क्षतिसमेत भइसकेको स्थितिमा सम्पूर्ण पार्टीपंक्तिलाई उद्दार एवं राहातमा लाग्न र आसन्न सम्भावित क्षतिलाई सकेसम्म रोक्ने कार्यमा लाग्न पार्टीको तर्फबाट निर्देशन दिँदै स्थायी कमिटीको बैठक ७ दिन स्थगित ।’

पूर्वयोजनाअनुसार नेकपा स्थायी कमिटीको बैठक शुक्रबार बिहान ११ बजे बस्ने कार्यक्रम थियो ।

कोरोनाको महामारी, बाढी पहिरोको बितण्डाको बेला नेकपा नेताहरु सत्ताको खेलमा लागेको भन्दै जनस्तरबाट विरोध भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस