इन्काउन्टरमा मारिए ८ प्रहरीको हत्या गर्ने विकास दुबे « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

इन्काउन्टरमा मारिए ८ प्रहरीको हत्या गर्ने विकास दुबे


२६ असार २०७७, शुक्रबार


काठमाडौँ । पक्राउ गर्न गएका डिएसपी सहित ८ प्रहरीको हत्या गरेका भारतीय राज्य उत्तर प्रदेश, कानपुरका गुन्डा नाइके विकास दुबे प्रहरी इन्काउन्टरमा शुक्रवार मारिएका छन्।

भारतीय सञ्चारमाध्यमले दुबेलाई लिएर आइरहेको उत्तर प्रदेशको एसटिएफको गाडी पल्टिएपछि प्रहरीको हतियार खोसेर भाग्न खोज्दा प्रहरीले गरेको जवाफी हमलामा दुबे मारिएको भारतीय संचारमाध्यमले दाबी गरेका छन्।

दुबेलाई लिएर आउने क्रममा सो गाडी कानपुर नजिक दुर्घटनामा परेको थियो।

असार १८ गते आफूलाई पक्राउ गर्न आएको प्रहरी टोलीलाई दुबेको समूहले जेसिबीले बाटो छेकेर हमला गर्दा घटनामा एक डिएसपी, तीन सब(इन्स्पेक्टर र चार कन्स्टेबल मारिएका थिए।

हत्यापछि फरार रहेका दुबेलाई बिहीबार प्रहरीले मध्य प्रदेशको उज्जैन जिल्लाको महाकाल मन्दिरबाट पक्राउ गरेको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस