सिन्धुपाल्चोकको बाढी अवलोकन गर्न उडेको हेलिकप्टर आधाबाटोबाटै फर्कियो « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सिन्धुपाल्चोकको बाढी अवलोकन गर्न उडेको हेलिकप्टर आधाबाटोबाटै फर्कियो


२५ असार २०७७, बिहिबार


काठमाडौं । गए राति अविरल वर्षासँगै सिन्धुपाल्चोकमा आएको बाढीको क्षति अवलोकनका लागि उडेको हेलिकप्टर आधाबाटोबाटै फर्किएको छ । बाढीको क्षति अवलोकनका लागि सभामुख अग्निप्रसाद सापकोटासहितको टोली लिएर उडेको हेलिकप्टर धुलिखेलबाटै काठमाडौं फर्किएको हो ।

हेलिकप्टर मौसम खराबका कारण सिन्धुपाल्चोकको बाह्रबिसे जान नसक्दा आधाबाटोबाटै फर्किएको हो । मोसममा सुधार नहुँदा बाढी प्रभावित क्षेत्र जान तयार रहेको सभामुखको टोली काठमाडौं फर्किनु परेको उनको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस