विवाद सुल्झाउन ओली र प्रचण्ड आज पनि भेट्दै « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

विवाद सुल्झाउन ओली र प्रचण्ड आज पनि भेट्दै


२४ असार २०७७, बुधबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज पनि छलफल गर्दैछन्।

बुधवार ११ बजेका लागि तय भएको स्थायी कमिटी बैठक स्थगित गरी ओली र प्रचण्ड अपराह्न ४ बजे भेट गर्ने तय भएको छ।

केही दिनयता अध्यक्षद्वबीच दिनहुँ जसो छलफल भइरहेको भएपनिठोस निष्कर्ष भने निस्किन सकेको छैन। हिजो पनि दुई घण्टा बिताएका थिए।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली ओली दुवै पद नछाड्ने अडानमा छन् भने प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल पक्ष ओलीले एउटा पद छाड्नै पर्ने अडानमा छ।

प्रचण्ड–नेपाल पक्षले ओली पार्टी र सरकार सञ्चालन दुवैमा असफल भएको निष्कर्ष निकाल्दै स्थायी कमिटी बैठकमा दुवै पदबाट राजीनामाको माग गरेका थिए।

अन्तरद्वन्द्वले पार्टी विभाजनको मोडमा पुगेको भन्दै एकता प्रक्रियालाई जोगाउन दोस्रो, तेस्रो तहका नेताहरू खबरदारी गर्दै आएका छन्। स्थायी कमिटी बैठकले पार्टी एकतालाई जोगाउने जिम्मेवारी ओली र प्रचण्डलाई दिएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस