ट्र्याक्टर दुर्घटनामा नेकपा जिल्ला सदस्यको निधन « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

ट्र्याक्टर दुर्घटनामा नेकपा जिल्ला सदस्यको निधन


२३ असार २०७७, मंगलबार


कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका–४ लाहाचोकमा ट्र्याक्टर दुर्घटनामा परी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला सदस्य रामचन्द्र अधिकारीको निधन भएको छ ।

खेत जोतेर फर्किदै गर्दा आफैँले चलाएको ट्र्याक्टर लाहाचोकस्थित बाटुलेथरमा आज बिहान पल्टिँदा उनी गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा निधन भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक सुवास हमालले जानकारी दिए ।

अधिकारीको शव परीक्षणका लागि अहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ । अस्पताल पसिरमा अहिले नेकपामा जिल्लास्थित नेता कार्यकर्ता, परिवारजन तथा शुभचिन्तकको उपस्थिति रहेको छ ।

प्रतिक्रिया दिनुहोस