२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रु आठ लाखको आयुर्वेदिक औषधि सरकारलाई हस्तान्तरण

अ+ अ-

काठमाडौँ । नेपाल आयुर्वेद औषधि व्यवसायी सङ्घ काठमाडौँले रु आठ लाखको आयुर्वेदिक औषधि नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । सङ्घका केन्द्रीय अध्यक्ष जङ्गराज गिरी नेतृत्वको पदाधिकारी टोलीले सोमबार स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतलाई आयुर्वेदिक विभिन्न प्रकारका तीन हजार ३६४ थान औषधि हस्तान्तरण गरेको हो ।

औषधि ग्रहण गर्दै राज्यमन्त्री रावतले सरकार कोरोनाविरुद्धको अभियानमा द्रुतगतिमा लागिरहेको बेला महत्वपूर्ण सहयोग गरेको भन्दै सङ्घको टोलीप्रति कृतज्ञता प्रकट गरे । उनले आयुर्वेद व्यवसायी सङ्घको प्रगतिको शुभकामनासमेत प्रदान गरेका थिए ।

सङ्घका अध्यक्ष गिरीले नेपाल सरकारको प्रोटोकलमा परेको आयुर्वेदबाटै व्याधिक्षमत्व गर्न देशका सातैवटा प्रदेशमा पुग्ने गरी सरकारलाई रु आठ लाख १२ हजार ७२० को आयुर्वेदिक औषधि हस्तान्तरण गरिएको जानकारी दिए । उनले भने, “विश्वभर फैलिएको कोरोना महामारीले एलोप्याथिकभन्दा आयुर्वेदिक औषधि मानव प्रतिरक्षा प्रणालीका लागि अति जरुरी सिद्ध भएको छ । जसअनुसार हामीले शक्तिवद्र्धक आयुर्वेदिक औषधि हस्तान्तरण गरेर सरकारको साथमा छौँ भन्ने सन्देश दिएका छौँ ।”

देशैभरि क्वारेन्टिनमा रहेका नागरिकलाई पुगोस् भनेर रु छ लाखको दुई हजार ५०० थान गुडुची चूर्ण, रु ३९ हजार ६०० को १२० थान अश्वगन्धा क्याप्सुल, रु १७ हजार ९२० को ६४ थान च्यवनप्राश, रु १८ हजारको १२० थान आमलकी चूर्ण, रु सात हजारको ६० थान त्रिकटु चूर्ण र रु एक लाख ३० हजारको ५०० थान गिलोयप्लस प्रवाही हस्तान्तरण गरिएको उनले बताए । उनका अनुसार सङ्घले गत वैशाख २० गते उदयपुर भुल्केका कोरोना रोगीलाई केन्द्रित गरेर रु ४५ हजारको आयुर्वेदिक औषधि प्रदेश नं १ सरकारलाई सहयोग गरेको थियो ।