बैंकमा जम्मा गर्नुपर्ने ५४ लाख रुपैया आफ्नो खातामा राख्ने शाखा प्रबन्धक विरुद्ध मुद्दा दायर « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

बैंकमा जम्मा गर्नुपर्ने ५४ लाख रुपैया आफ्नो खातामा राख्ने शाखा प्रबन्धक विरुद्ध मुद्दा दायर


२१ असार २०७७, आइतबार


अख्तियार

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल बैंकको प्रणाली नै ह्याक गरी बैंकमा जम्मा गर्नुपर्ने व्याजसमेत आफ्नो निजी खातामा जम्मा गरेको अभियोगमा शाखा प्रबन्धक विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

नेपाल बैंकको डिल्लीबजार शाखाका तत्कालीन प्रबन्धक भूपराज कोइरालाले बैंकमा जम्मा गर्नुपर्ने व्याजसमेत आफ्नो निजी खातामा जम्मा गरेको, बैंकिङ प्रणालीमा प्रयोग गरिने व्यक्तिगत टेलर आइडी र अन्य प्राविधिक प्रणालीको दुरुपयोग गरी रु ५४ लाख ८४ हजार ४५ रुपैयाँ साठी पैसा बराबरको रकम दुरुपयोग गरेको पाइएसँगै उनी विरुद्ध मुद्दा दर्ता गरिएको हो ।

बैंकिङ कार्यालयको हिसाब अनधिकृतरुपमा खर्च गरी सरकारी स्रोतको दुरुपयोग गरेको अनुसन्धानबाट खुलेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । आयोगले आरोपी कोइरालाले हानि नोक्सानी पुर्‍याएको रकम असुल गरी हदैसम्मको कारबाहीको माग गर्दै आइतबार विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस