राष्ट्रपति भेट्न प्रचण्डसहित नेकपाका ३ शीर्ष नेता शीतल निवासमा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

राष्ट्रपति भेट्न प्रचण्डसहित नेकपाका ३ शीर्ष नेता शीतल निवासमा


२१ असार २०७७, आइतबार


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न प्रचण्डसहितका ३ शीर्ष नेताहरु शितलनिवास पुगेका छन् । प्रधानमन्त्री ओलीले आफू र राष्ट्रपतिलाई महाभियोग लगाएर हटाउन लागिएको भन्ने अभिव्यक्तिको प्रष्टिकरण लिन उनीहरु शितलनिवास पुगेको बताइएको छ ।

अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेताहरु झलनाथ खनाल र माधव नेपाल राष्ट्रपति भवन शीतल निवास पुगेका हुन् ।

शनिवार प्रधानमन्त्री ओलीले बालुवाटारमा मन्त्री र राज्यमन्त्रीहरुलाई बोलाएर आफू र राष्ट्रपतिमाथि महाअभियोग लगाएर हटाउन खोजेको भन्दै पार्टी विभाजन हुनसक्ने संकेत गरेका थिए । उनले मन्त्रीहरुलाई अब कित्ता क्लियर गर्न आग्रह गरेका थिए । तर प्रवक्ता नारायणकाजी श्रेष्ठले आफूहरुले प्रधानमन्त्री र राष्ट्रपतिलाई कुनै पनि विवादमा तान्न वा हटाउने कुनै पनि तयारी नरहेकोले भ्रममा नपर्न आग्रह गरेका थिए ।

उक्त कुराको वास्तविकता वुझ्न प्रचण्डलगायतका नेताहरु शितलनिवास पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस