नेपाल निम्न मध्यम आय भएको देशको सूचीमा उक्लियो « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

नेपाल निम्न मध्यम आय भएको देशको सूचीमा उक्लियो


१९ असार २०७७, शुक्रबार


काठमाडौँ । नेपाल निम्न आय भएको मुलुकबाट निम्न मध्यम आय भएको मुलुकको सूचीमा उक्लिएको छ । विश्व बैंकले सार्वजनिक गरेको पछिल्लो विवरणमा नेपाल निम्न मध्यम आय भएको मुलुकको सूचीमा छ ।

विश्व बैंकको तथ्याङ्क अनुसार नेपालीहरूको प्रतिव्यक्ति आय गत वर्षको तुलनामा १३० डलरले वृद्धि भएको छ । सन् २०१९ मा नेपालीहरूको प्रतिव्यक्ति आय ९६० अमेरिकी डलर थियो । सन् २०२० को जुलाई १ सम्म नेपालीहरूको प्रतिव्यक्ति आय एक हजार ९० अमेरिकी डलर पुगेको विश्व बैंकले जनाएको छ ।

विश्व बैंकले संसारभरका देशहरूलाई उच्च, उच्च मध्यम, निम्न मध्यम र निम्न आय भएको मुलुकमा वर्गीकरण गर्दै आएको छ ।

नेपाललाई सन् २०३० भित्र मध्यम आय भएको देशमा उकाल्ने सरकारको लक्ष्य छ ।

Tags :
प्रतिक्रिया दिनुहोस