भारतले टिकटकसहित ५९ मोबाइल एपमा प्रतिबन्ध लगाउँदै « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

भारतले टिकटकसहित ५९ मोबाइल एपमा प्रतिबन्ध लगाउँदै


१६ असार २०७७, मंगलबार


काठमाडौं । भारत सरकारले टिकटकसहित ५९ मोबाइल एपमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । भारतले एक विज्ञप्ति जारी गर्दै टिकटकसहित ५९ मोबाइल एपमा प्रतिबन्ध लगाउने घोषणाा गरेको हो । यो विज्ञप्तिमा चीनको नाम उल्लेख गरिएको छैन तर जसमध्ये धेरै एपहरु कि चीनमा बनेको वा चिनियाँ कम्पनीको स्वामित्व छन् ।

टिकटक, यूसी ब्राउजर र शेइयरइटलगायतका एपहरुमा प्रतिबन्ध लगाइएका छन् । यी एपहरु भारतमा अत्यधिक रुपमा प्रयोग हुने गरेका छन् । भारत र चीनबीच सीमा विवाद देखिएपछि चिनियाँ सामग्री, सफ्टवेयर्स र एपहरु बहिष्कार गर्ने अभियान नै चलेको थियो । त्यसैको बीचमा भारतले यस्तो निर्णय लिएको हो ।

भारतको इलेक्ट्रोनिक्स तथा आईटी मन्त्रालयले घोषणा गरिएअनुसारका एपमा प्रतिबन्ध लगाउनुको कारण भारतको सम्प्रभुता तथा एकता, सुरक्षा र व्यवस्थाको लागि हानिकारक रहेको बताइएको छ ।

भारतले अहिले घोषणा गरेअनुसारका एपहरु एन्ड्रोइड र आईओएस दुवै प्लेटर्फममा प्रतिबन्धित रहनेछन् । भारतको आईटी मन्त्रालयले सार्वजनिक गरेको विज्ञप्तिमा भारतको साइबर स्पेसको सुरक्षा सुनिश्चित गर्नका लागि यो कदम उठाइएको उल्लेख छ ।

यस किसिमको प्रतिबन्ध लगाइएसँगै अब एन्ड्रोइड र आईओएस दुवै प्लेटर्फमले भारतमा आफ्नो स्टोरबाट यी एपहरु हटाउनुपर्ने हुन्छ । यद्यपि सरकारले जारी गरेको विज्ञप्तिमा यी एपहरु ‘अनइन्स्टल’ गर्न आग्रह गरिएको छैन ।

कसैको मोबाइलमा पहिला नै इन्स्टल गरिएका यी एपहरु भने प्रयोगकर्ता आफैंले नहटाएसम्म हट्ने छैनन् । यद्यपि ती एपहरु अपडेट भने हुनेछैनन् । अहिले प्रतिबन्ध लगाइएका एपमा गेमिङ, ब्युटी क्यामेरा, ब्राउजर, न्युज र अन्य युटिलिटी एपहरु छन् । बीबीसी

प्रतिक्रिया दिनुहोस