२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उसको मूल्य

अ+ अ-

ऊ फिराद सुनाउदैन मलाई
किनकि
उसलाई थाहा छ म सुन्दिन
उसको कर्तव्य मलाई सुन्नुमा छ
सुनेर कृतज्ञ हुनुमा छ
ऊ दृष्टिहीन वाकहीन छ
किनकि
हेर्नु र बोल्नुको अर्थ छैन
मेरो निर्लज्जतामा लज्जित हुँदै
आँखामा पट्टी बाँधेको छ ऊ
मेरा प्रपन्च देख्न चाहन्न
सरा प्रश्नहरूको घाँटी निमोठेको छ

ऊ कहिले दशगजामा मर्छ भोकभोकै
कहिले पारी मर्छ कहिले वारी
कहिले मलेसिया त कहिले खाडी
सरकारी एकान्तवासमा मर्छ पानी पानी ! भन्दै
घोर निशामा बलात्कृत हुन्छ
ऊ भेरीमा हेलिन्छ खेदिएर

कस्तुरी लुटिन्छ उसको
पाखुरी लुटिन्छ
उसको हक एक स्वस्तिक छाप हो
एक बोतल रक्सी एक केजी मासु
एक थान झूटो दिलासा
बलि दिन ठिक्क पारेको बोका हो ऊ
चार थोपा पानीमा मन्सिन्छ
एक भारी दाउरा हो ऊ
जसको महत्व फगत एकक्षण जल्नुमा छ
एउटा कुहेको आलु हो ऊ
ट्याप्प टिप्यो मिल्क्याइदियो

ऐया भन्नु हुँदैन उसले
कुनै सार छैन बेसार छ ऊ
किनकि
उसको मूल्य एक चिम्टी बेसार बराबर छ
फ्वाक्क पार्‍यो निलिदियो
तेल सकिएको दियो हो ऊ
पाँच वर्षमा एकबार कुनै रात
पिलपिल बल्यो अनि  निभ्यो
धन्न ऊ मरिदिन्छ बारम्बार
मेरो वसन्ती फुलाउन
धन्न ऊ मूर्ख बन्छ बारबार
मैले भाषण सुनाउँन

मेरो करुणामय नजर उसलाई सम्पन्न देख्छ
किनकि
भोक लाग्दा ऊ अलि पर लुक्छ
जल्दो घामले पोल्दा झाडीमा पसिदिन्छ मेरो खातिर
किनकि
उसले मेरो हुर्मत राखिदिनु छ
सडकमा देखिनु हुँदैन हरिकङ्गाल ऊ
उसले  देशको इज्जत बचाउनु छ