कतारबाट बिहीबार फर्किए १५८ नेपाली « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

कतारबाट बिहीबार फर्किए १५८ नेपाली


११ असार २०७७, बिहिबार


कतार । कतारबाट बिहीबार बिहान १ सय ५८ जना नेपाली स्वदेश फर्किएका छन् । कतारबाट पहिलो चरणको तेस्रो उद्धार उडानमार्फत ३ जना गर्भवती, ७ जना सुत्केरी, २ जना नाबालक र १ सय ४६ जना पुरुष गरी १५८ जना स्वदेश फर्किको दोहास्थित नेपाली राजदूतावासले जानकारी दिएको छ ।

कतारको समयअनुसार बिहीबार बिहान २ बजेर ७ मिनेटमा दोहास्थित हमादअन्तरराष्ट्रिय विमानस्थलबाट उडेको हिमालयन एयरलाइन्सको विमान विहान ९ बजेर ७ मिनेटमा काठमाडौंस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अवतरण गर्ने जनाइएको छ ।

नेपाली दुतावास कतारका अनुसार प्राथमिकतामा परेका र स्वदेश फर्कनै पर्ने नेपालीहरुलाई उद्धार उडान मार्फत् काठमाडौं पठाइएको छ । उनीहरुलाई हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा विदाइ गर्न दूतावासका प्रतिनिधिहरु पुगेका हुन्।

प्रतिक्रिया दिनुहोस